राजनीति

पुनको स्वास्थ्यवस्थाबारे जानकारी लिन सुमेरु अस्पताल पुगे स्वास्थ्यमन्त्री गिरी

इकागज |
माघ ६, २०७९ शुक्रबार १४:६ बजे

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले एवम् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मन्त्री गिरीले आज (शुक्रबार) ललितपुरको सुमेरु अस्पताल पुगेर उपचाररत पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।


स्वास्थ्यमा समस्या देखिएपछि नेता पुनलाई गत पुस ३० गते रोल्पाबाट हेलिकोप्टरमा ल्याएर सुमेरु अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको कलेजोको ८५ प्रतिशत भाग बिग्रिसकेकाले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । केही समयअघि मात्र उनी चीनमा उपचार गराएर फर्किएका थिए ।

 


Author

थप समाचार
x