राजनीति

प्रदेश १ : कांग्रेस प्रमुख सचेतकमा भूपेन्द्र राई

इकागज |
माघ ९, २०७९ सोमबार १३:२५ बजे

काठमाडौँ-  प्रदेश १ प्रदेशसभामा नेपाली कांग्रेस प्रमुख सचेतकमा भूपेन्द्र राई चयन भएका छन्। खोटाङ प्रदेशसभा ख बाट  निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधानबमोजिम  प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम  राईलाई  सचेतक चयन गरेको नेपाली कांग्रेस प्रदेशसभा संसदीय  दलको कार्यलयको पत्रमा उल्लेख छ।


कांग्रेस प्रदेश १ का राई महामन्त्रीसमेतसमेत हुन्। प्रदेश १ मा कांग्रेसका २९ सांसद छन्।


Author

थप समाचार
x