राजनीति

लुम्बिनी प्रदेश

हाम्रो सांसद विपक्षीले अपहरण गरे, प्रहरीलाई खबर गरेका छौँ : एमाले

इकागज |
बैशाख १९, २०७८ आइतबार १४:४५ बजे

बुटवल : नेकपा एमालेले आफ्नो पार्टीको सांसदलाई अपहरण गरिएको बताएको छ । एमालेका प्रदेश सभा सदस्य तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले दाङबाट निर्वाचित आफ्नो सांसदलाई बुटवल आउदै गर्दा बुटवलको गैरे पेट्रोलपम्प नजिकबाट सम्पर्कबिहीन बनाइएको दाबी गरे । 

उनले भने ‘माननीय विमला हाम्रो सम्पर्कमै हुनुहुन्थ्यो, आज बिहान दलको बैैठकका लागि बुटवल आउँदै गर्दा विपक्षी दलले अपहरण गरेको सूचना छ , हामीले सुरक्षा निकायलाई खबर गरेका छौँ ।’ 


उनले आफ्नो सांसद अन्य पार्टीमा गएको भन्ने कुरा विश्वास नै गर्न नसकेको बताए । अपहरण नै हो भने अब के गर्नु हुन्छ त भन्ने जिज्ञासामा चौधरीले भने, ‘सुरक्षा निकायलाई भनेका छौं, उहाँहरुले रिर्पोट गर्नु होला नी ।  उता वली नेकपा माओवादी केन्द्र प्रवेश गरेको पत्र प्रदेश सभामा पनि दर्ता भइसकेको छ । 


Author

थप समाचार
x