राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

इकागज |
माघ १२, २०७९ बिहीबार १३:५४ बजे

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १५ का लागि बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए ।


यसअघि सुरुमा २२ पुसका लागि बोलाइएको केन्द्रीय समिति बैठक पुस २८ मा सारिएको थियो । २८ पुसका लागि बोलाइएको बैठक फेरि माघ १५ सम्म सारिएको थियो ।


Author

थप समाचार
x