सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : मेयर साह
फाइल तस्बिर
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरूलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि जिकिर गरे ।
उनले अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरूको संरक्षण नगरे बिस्तारै सम्पदा र सभ्यताहरू लोप हुँदै जाने बताए । उनले काठमाडौं उपत्यकावासीहरूले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रह गरे ।
महानगरपालिका प्रमुख साहले सभ्यता र संस्कृतिको जगेर्ना गर्नका लागि महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौं महानगरपालिकाको दायित्व र कर्तव्य भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया