राजनीति

शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

इकागज |
बैशाख १९, २०७८ आइतबार १५:४१ बजे

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त भएका छन् । आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

यस अघि आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । यसअघि पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको थियो । धारा १६८(१) मा संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर पोखरेलले आज बिहान राजीनामा दिएका थिए ।  



Author

थप समाचार
x