समाजवादीको अनेरास्ववियूले शिक्षामन्त्री खनालको पुत्ला जलायो
काठमाडौँ- काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरिएको छ ।
एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीहरुले शिक्षामन्त्री खनालको पुत्लादहन गरेका हुन् ।
विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्लादहन गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया