रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको फैसला सुनाउने तयारीसँगै सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाउँदै दायर रिटमाथि शुक्रबार सुनुवाइ सकिएसँगै सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार र शुक्रबार अन्तिम सुनुवाइ भएको छ ।
सुनुवाइ सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेपछि अदालतमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया