सर्वोच्चकाे फैसलालाई स्वागत गर्दै रवि लामिछानेले भने : अब म अध्यक्ष रहिनँ
फाइल तस्बिर
काठमाडौं- रवि लामिछानेले सर्वोच्च अदालतकाे फैसलालाई स्वागत र स्वीकार गरेकाे बताएका छन् । शुक्रबार सर्वोच्चले उनकाे सांसद पद खारेजीकाे फैसला सुनाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रविले सर्वोच्चले गरेकाे फैसला आफूलाई मान्य भएकाे बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे अध्यक्षका विषयमा प्रश्न गर्दा आफू अब अध्यक्ष नरहेकाे समेत उनले उल्लेख गरेका छन् ।
नागरिकता मुद्दामा दोषी ठहर गरेसँगै सर्वोच्चले उनकाे सांसद पद र मन्त्री खारेज गरिदिएकाे छ । याे सँगै सर्वोच्च परिसरमा रविको पक्षमा नाराबाजी समेत गरिएको छ ।
कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया