लुम्बिनीमा एमालेमा ३७ सांसद मात्रै बाँकी
बुटवल : नेकपाको सरकार हुँदा मुख्यमन्त्री बनेको शंकर पोखरेल आज राजीनामा दिएर आजै लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा पुन नियुक्त भए । उनी अहिले बहुमत प्राप्त दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका हुन् ।
तर, उनी मुख्यमन्त्री बन्दा आफ्नो पार्टी एमालेमा रहेका ४१ सांसद मध्ये चार जना अन्यत्रै लागेपछि उनले बहुमत गुमाएका छन् । चार मध्ये तीन जनाले सांसद पदबाट राजीनामा दिइसकेका छन् भने एक विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरिन् । यसरी ८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठन गर्न ४१ सांसद चाहिन्छ । तर, मुख्यमन्त्रीको पक्षमा ३७ मात्रै भए ।
४२ सांसदले हस्ताक्षर नै गरेर प्रदेश प्रमुखलाई शपथ नगराउन पत्र नै बुझाइसकेका छन् । प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र जनमोर्चाका १ सांसद छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया