राजनीति

अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन् : परराष्ट्रमन्त्री पौड्याल

इकागज |
माघ १४, २०७९ शनिबार १५:२ बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमल राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरू नसकिएको बताएकी छिन् ।

शुक्रबार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरू पूरा हुन नसकेको उल्लेख गरिन् । नीति र बजेटहरूमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको उनकाे भनाइ छ ।


मन्त्री पौड्यालले नेपाल भौगोलिक विविधताका कारण विश्वमा उब्जनी नहुने उत्पादनहरू पनि उब्जाउन सक्ने क्षमताको भए पनि भौगोलिक विविधताको आवश्यक प्रयोग गर्न असफल भइरहेको बताइन् ।

उनले मानव श्रोतको विविधतालाई पनि नेपालले सही सदुपयोग गर्न नसकिरहेको बताइन् ।

उनले भनिन्, ‘परराष्ट्रमा गएपछि सबैभन्दा पहिला मैले हेरेको अन्तर विषयगत मन्त्रालयको समन्वय नभएका कारणले पहिला नै पूरा हुनैपर्ने परियोजना सकिएका छैनन् । नीतिमा पनि त्यस्तै भइरहेको छ । संविधान छ कानुन छैन, कानुन छ, नीति छैन, नियम, कार्यविधिहरू छैनन् । नीतिसँग वार्षिक बजेट र कार्यक्रम जोडिनुपर्छ । कहिलेकाहीँ वार्षिक कार्यक्रममा पर्छ बजेटमा छैन, समन्वय नभएका धेरै कुराहरू छैनन् । भौगाेलिक विविधताका कारण हामीलाई जतिबेला जे पनि उब्जाउन दिएको छ । त्यसलाई राम्रोसँग उपयोग गर्न सकेका छैनौँ । अर्को ह्युमन डायभर्सिटी, मानव श्रोतको विविधता हो ।’


Author

थप समाचार
x