राजनीति

लुम्बिनीका प्रदेश प्रमुखकाे कार्यालयमा विपक्षीकाे धर्ना

इकागज |
बैशाख १९, २०७८ आइतबार १६:५६ बजे

बुटवल : अल्पमतमा परेको शंकर पोखरेललाई पुनःमुख्यमन्त्री नियुक्त गरेपछि लुम्बिनी प्रदेश प्रमुखको कार्यालय विपक्षीले घेरेका छन् । मुख्यमन्त्री बन्दा आफ्नो पार्टी एमालेमा रहेका ४१ सांसद मध्ये चार जना अन्यत्रै लागेपछि  पोखरेलले बहुमत गुमाएका छन् । चार मध्ये तीन जनाले सांसद पदबाट राजीनामा दिइसकेका छन् भने एक विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरिन् ।

 यसरी ८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठन गर्न ४१ सांसद चाहिन्छ । तर, मुख्यमन्त्रीको पक्षमा ३७ मात्रै भए । ४२ सांसदले हस्ताक्षर नै गरेर प्रदेश प्रमुखलाई शपथ नगराउन पत्र नै बुझाइसकेका छन् ।  प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र जनमोर्चाका १ सांसद छन् ।  



Author

थप समाचार
x