राजीनामा बुझाएका दुई सांसद भन्छन् : राजीनामा होइन शंकर पाेखरेललाई अस्वीकार गरेका हाैँ
‘एमाले ससंदीय दलको बैठकमा गए पनि सधैं स्वतन्त्र समूह लेखेका छौ’
बुटवल : केहि बेरअघि नेकपा एमालेका तिन सांसदले राजिनामा दिएको भनिए पनि उनिहरू मध्ये दुईजनाले राजिनामा नभई शंकर पोख्रेलका विरुद्दको प्रस्तावमा समर्थन गरेको बताएका छन् । तर एकजनाले भने पदबाटै राजिनामा दिएको उल्लेख गरेका छन् ।
सांसदहरू धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले राजीनामा नदिएको बताएका हुन् । उनीहरू हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता समूहका सांसद हुन । दुबैले निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेका थिए । ’हाम्रो शंकर पोखरेलको नाममा असहमति हो’, सांसद श्रीवास्तवले भने, ’मैले र अजय शाहीले राजीनामा दिएका छैनौं । शंकर पोखरेलको नाममा हाम्राे सहमति छैन ।’
उनले आफूहरूले एमाले संसदीय दलको बैठकमा सहभागिता जनाउने गरेको भए पनि सधैँ माइन्यूटमा स्वतन्त्र राजनीतिक समूह उल्लेख गर्ने गरेको बताए । ’आज पनि हामी संसदीय दलको बैठकमा गयौं तर हामीले निर्णयमा हस्ताक्षर गरेको छैनाैँ’, उनले भने, ’हाम्रो हस्ताक्षर उपस्थितिका लागि मात्र हो। हाम्रो हस्ताक्षर जोडेर मुख्यमन्त्री भएकोमा आपत्ति हो ।’ उनिहरू दुबै जना विपक्षी सासदहरूसँग प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । ४२ जनाको हस्ताक्षरमा उनिहरू दुई जनाको पनि रहेको छ ।
यसअघि नेकपा एमालेबाट निर्वाचित सांसद दूगनारायण पाण्डेयले श्रीवास्तव र शाहीले पनि राजीनामा दिएको बताएका थिए। यी दुई जना सांसदले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनु पर्ने भन्दै प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई ४२ सांसदले पठाएको पत्रमा हस्ताक्षर गरेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया