राजनीति

स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्नेछु : उपसभामुख

इकागज |
माघ १६, २०७९ सोमबार २०:३९ बजे

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताएकी छन् ।

सोमबार उदयपुरको चौदण्डीगढीमा मगर संघ चौदण्डीगढी नगर कमिटीद्वारा आयोजित कार्यक्रममा उपसभामुख रानामगरले संविधानले दिएको जिम्मेवारी अनुसार आफूले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताएकी हुन् । उनले आफू सदैव जनताको पक्ष उभिएर काम गर्ने जिकिर गरिन् ।


उनले आफ्नो कर्तव्यबाट विचलित नभई सभामुखसँग सहकार्य गरेर संघीय संसद्लाई अझ व्यवस्थित र मर्यादित बनाउने उल्लेख गरिन् ।

उनले संविधान अनुसार सबै जातजाति र सबै वर्ग समुदायको हक र हितमा आफू सधैं काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरिन् । 


Author

थप समाचार
x