लुम्बिनीमा प्रहरी र सांसदबीच झडप :
डिआइजी आएर मलाई टिपेर फाले : कांग्रेस सचेतक निर्मला क्षेत्री
बुटवल : लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेकेका प्रदेश सभा सदस्यलाई प्रहरीले धरपकड गरेपछि झडप भएको थियो ।
झडपमा केही प्रदेश सभा सदस्य घाइते भएका छन् । ‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक निर्मला क्षेत्रीले भनिन्, ‘यास्तो आक्रमण म माथि गरियो । यस्तो अमर्यादित किसिमले नाङ्गो नाच चाचिरहेको छ आज प्रदेश प्रमुख, मुख्यमन्त्री प्रहरी प्रशासन।’ न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया