राजनीति

भीम रावलको असन्तुष्टि : रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन 'महाअभियान' चलाइयो

इकागज |
माघ २१, २०७९ शनिबार १८:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाए ।


‘आज मन्त्रीहरू हेरौँ त । जसको वैदेशिक रोजगार कम्पनी छ । उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महंगो छ । ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ? हामीले बहुदली व्यवस्था ल्यायौं । गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ?' उनले भने ।

नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल संचालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो विरंगानाहरूको योगदानको अवमूल्यन गर्ने काम भएको जिकिर समेत गरे ।

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।


Author

थप समाचार
x