पासपोर्टको दुरुपयोग गरेको छैन–रवि लामिछाने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्टको दुरुपयोग नगरेको बताएक्का छन् । आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएकाे भने उनले स्वीकार गरे ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘अमेरिकाबाट नेपाल बस्ने गरी फर्कने भएपछि आवश्यक कागजातहरु बनाएको हुँ,’ उनले भने, ‘त्यसको सदुपयोग, दुरुपयोग केही गरिनँ ।’
उनले आफ्नो देशको पासपोर्ट सोझो हिसाबले बनाएको तर त्यसको दुरुपयोग भने नगरेको उनले बताए । १२–१४ वर्ष बसेको देशको कागजात च्यातेर हिंड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यवसाय रहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया