सांसद अरुण चौधरीकाे सुनुवाइमा कारण देखाउ आदेश जारी
कैलाली- कैलाली जिल्ला अदालतको फैसला अनुसार जेल चलान भएका कैलाली २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ।
उच्च अदालत दीपायलका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले चौधरीलाई जेल चलान गर्नुका कारणसहित जवाफ दिन विपक्षी कैलाली जिल्ला अदालत समेतका नाममा आदेश जारी गरेको हो।
यस्तै, निवेदनमा माग गरिए अनुसार अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि अदालतले गरेको छ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीरबहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया