राजनीति

लुम्बिनी प्रदेश

हिजो एमाले छोडेका पाण्डे कांग्रेस प्रवेश, राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बनाउने सहमति

सरकारले फेरि बहुमत गुमायो

इकागज |
बैशाख २०, २०७८ सोमवार १८:१३ बजे

बुटवल : लुम्बिनी प्रदेश सरकारको राजनीति थप तातिएको छ । हिजो मात्रै मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गर्न नसक्ने बताउँदै एमाले परित्याग गरेर सांसद पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डे कांग्रेस प्रवेश गरेपछि राजनीति थप पेचिलो बनेको हो । उनलाई नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले कांग्रेस प्रवेश गराएका हुन्  । 

आइतबार मुख्यमन्त्रीको विपक्षमा उत्रिएका २ स्वतन्त्र सांसद एमालेमै फर्किएपछि बहुमत पाएको पोखरेल नेतृत्वको सरकारले पाण्डेको राजीनामा पछि फेरि बहुमत गुमाएको छ । उनले दिएको संसद सचिवालयले राजीनामा हिजो नै स्वीकृत भइसकेको छ । 


कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेलाई अब राष्ट्रिय सभा उपनिर्वाचनमा उमेदवार बनाउने सहमति चार दलले गरेका छन् । एमाले प्रवेश गरेका अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको ठाउँ रिक्त छ । सोही ठाउँमा पाण्डेलाई चुनाव लडाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले सहमति पनि गरेका छन् ।  


Author

थप समाचार
x