राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले पनि आजै गरे शपथ ग्रहण

इकागज |
माघ २७, २०७९ शुक्रबार १६:१ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका छन् । 

मुख्यमन्त्रीमा नियुक्ति संगै आजै नेपाली कांग्रेस र समाजवादीबाट एक/एक जना मन्त्री नियुक्ति भएका छन् ।


कांग्रेसका ​प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने समाजवादीबाट नरेशबहादुर शाही आर्थिक मामिला तथा कानुन मन्त्री नियुक्ति भएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई समेत आजै शपथ ग्रहण गराइएको छ ।


Author

थप समाचार
x