राजदूत प्रकरण
मन्त्रिपरिषद्को निर्णय : माओवादी अध्यक्ष दाहालका नातेदार फिर्ता, कांग्रेस सभापति देउवाकी सासूको पदावधि थप
महेशराज दाहालको फेसबुबाट
काठमाडौँ : नेकपा माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका राजदूत बनेका महेशराज दाहाल आधा कार्यकाल पनि नपुर्याइ फर्कन पर्ने भएको छ । उनीअघिका राजदूत पनि विवादमा परेर फर्कनु परेकाे थियो । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नै अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अस्ट्रेलियाको राजदूत फिर्ता गर्ने निर्णय गरिएको जानकारी दिए । अनि, दुई स्थान (जापान र ओमान)मा अर्को व्यवस्था नभएसम्म काम गरिरहन भनिएको पनि उनले बताए । अहिलेसम्म भएका कार्यसम्पादन मूल्यांकन र सरकारका लागि उपयुक्त नदेखिएको कारण दाहाललाई फिर्ता गर्ने सिफारिस परराष्ट्र मन्त्रालयको थियो ।
माओवादी अर्थात दाहाल निकटका राजदूतलाई फर्काउने नीति अनुरुप नै सरकारले दाहाललाई फिर्ता गरेको हो । प्रदेश प्रमुख राजदूत र अन्य नियुक्तिसमेत फेर्ने प्रतिशोध नेतृत्वमा रहनेले गरिरहेका छन् । हुनत यस्ता कार्य नगरिने बताए पनि अन्तत: आफ्नालाई भाग पुर्याउन र लोभ देखाउन पनि उनीहरू लागि परेको विश्लेषण माओवादीको छ ।
माओवादीका पुष्पकमल दाहालका नातेदारसमेत रहेका उनी दाहालकै काेटाबाट राजदूत नियुक्त भएका थिए । दाहाल अघि राजदूत रहेकी लक्की शेर्पा पनि कार्यकाल पुरा नगरी फर्कन परेको थियो । उनी त्यहाँ विवादमा परेपछि सरकारले फिर्ता बोलाएको थियो । तर, अहिले दाहाल भने आन्तरिक राजनीतिको कारण फिर्ता हुन परेको बताइएको छ । यद्यपि उनलाई पनि त्यहाँ काम गर्न नसकेको आरोप मन्त्रालयको छ ।
त्यसैगरी सरकारले कोभिड महामारीलाई मध्यनजर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई भने अर्को व्यवस्था नभएसम्म भन्दै म्याद थप गरेको छ । उनी जापानमा अहिलेसम्मकै कमजोर राजदूतमा दर्ज भएकी छन् ।
उनी राप्रपा कोटामा राजदूत भए पनि उनीसँगै नियुक्त भएकाहरूलाई सरकारले पहिले नै फिर्ता गरिसकेको छ । तर उनलाई भने राप्रपाको नेता भन्दा पनि प्रमुख प्रतिपक्ष दलको सभापतिकी सासूको हिसाबले उनलाई नचलाइएको परराष्ट्र अधिकारीहरू नै बताउँछन् । देउवा खुसी राख्ने ओलीको कूटनीति हो । नेपाल जापान बलियो बनाउने कूटनीति होइन । कोभिड आरम्भ हुँदा काठमाडौँ आएर लामो समय बसेकी उनले जापानमा विरलै रहिन । रहँदा पनि दूतावास भन्दा निवासमा नै रमिन ।
ओमानकी राजदूत शर्मीला पराजुली ढकालको पनि पदावधी थप भएकाे छ । उनको पनि अर्को व्यवस्था नभएसम्म भनिएको छ । उनीले आफूलाई ओली निकट व्यक्तिको रुपमा छवी बनाएकी छन् । तर उनी अहिले रहेका राजदूतमा सक्रिय राजदूतको पहिचान पनि बनाएकी छन् । अन्य स्थानमा पनि राजदूतहरू कार्यकाल सकेर फर्कने अवस्थामा छन् । कतिपय स्थानमा लामो समयदेखि राजदूत खाली नै छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया