आजको नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति : पर्यटनमन्त्री
फाइल तस्बिर
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजको नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति भएको बताएका छन् ।
न्यकू जात्रा मतयाः व्यवस्था समितिको रजत जयन्ती समारोहका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रकृति सम्पदा र मानव सम्पदालाई मिसाएर निर्माण हुने नेपालीपनको संस्कृति नै आजको नेपालको पर्यटन भएको बताएका हुन् ।
संस्कृतिलाई विकाससँग जोड्न सकिएन भने आत्मनिर्भर बिनाको समृद्धि हुने उनले उल्लेख गरे । उनले स्थानीय संस्कृतिलाई जोगाउँदै पर्यटन क्षेत्रलाई माथि उठाउन सके मुलुक समृद्ध हुने जिकिर गरे ।
मन्त्री किराँतीले जीर्णोद्धारका कामलाई अघि बढाउनका लागि बाधक भएको ऐन कानुनलाई सच्चाउँदै स्थानीय तवरबाटै जीर्णोद्धार गर्न सकिने व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा ललितपुर महानगरपालिकाले समितिलाई रु ५ लाख सहयोग हस्तान्तरण गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया