राजनीति

राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछिकै नकारात्मक : अर्थमन्त्री पौडेल

इकागज |
माघ २९, २०७९ आइतबार २०:४१ बजे

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक नकारात्मक रहेको बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजश्व संकलनको वास्तविकतालाई सरकारले स्वीकार गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले स्रोत परिचालन र खर्च व्यवस्थापनको सरकार अत्यन्तै ठूलो दबाबमा रहेको जिकिर गरे ।


उनले राजश्व संकलनमा २०७९ पुससम्मको लक्ष्य ६ खर्ब ५१ अर्ब ६२ करोड रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम अर्थात ४ खर्ब ९० अर्ब ४ करोड मात्रै संकलन भएको जानकारी दिए । मन्त्री पौडेलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा राजश्व संकलन १५ प्रतिशतले घटेको पनि उल्लेख गरे ।

उनले राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा सरकार रहेको बताए । 


Author

थप समाचार
x