राजनीति

'जनयुद्ध दिवस' बिदाकाे निर्णयमा योगेशकाे टिप्पणी

'अलग बिदा दिएर वैचारिक ध्रुवीकरणमा नफसाऔँ'

इकागज |
माघ २९, २०७९ आइतबार २१:२ बजे

फाइल तस्बिर

काठमाडौं- सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि विभिन्न टीकाटिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक साता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्वजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि विभिन्न खाले टीकाटिप्पणी सुरु भएको हो । यसैक्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णयप्रति टिप्पणी गरेका छन् । 


‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरव स्वरूप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ, अरु सबै यसकै अधीनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन, ‘फेरि अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक वैचारिक ध्रुवीकरणमा नफसाऔँ ।’ 


Author

थप समाचार
x