एमालेनिकट अखिलको नेतृत्वका लागि मतदान सुरु
काठमाडौं–नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका चयनका लागि मतदान सुरू भएको छ।
लामो गृहकार्यपछि पनि सहमति नजुटेपछि नेतृत्व चयन निर्वाचन प्रक्रिया निर्वाचन प्रक्रियामा पुगेको हो ।
अखिलले मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ । अखिलको २३औं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ ।
अध्यक्षका लागिका लाग चार जना चुनावी मैदानमा छन् । आरसी लामिछाने,समिक बडाल, मोती विक र लोकेश निरौला चुनावी स्पर्धामा रहेका हुन् । लामिछाने वरिष्ठ उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् । त्यस्तै विक र निरौला उपाध्यक्ष हुन् । अर्का उम्मेदवार वाङ्छु योञ्जनले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले बडाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
केन्द्रीय कमिटीसदस्यसहित पदाधिकारीमासमेत मतदान हुनेछ ।
महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । भने १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया