राजनीति

राष्ट्रपतिबाट सजाय माफी

पक्राउ परेको १७ दिनपछि कारागारबाट रिहा हुँदै अरुण चौधरी

इकागज |
फागुन ७, २०७९ आइतबार ९:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चौधरीलाई एक डेढ घण्टामा छोडिने कारागार प्रमुख लालबहादुर बोगटीले इकागजलाई जानकारी दिए । उनले भने,' चौधरीलाई लिन माननीय रञ्जिता श्रेष्ठ लिन आउनुहुन्छ भन्ने कुरा छ ।

उनलाई कैलाली कारागारमा माघ २० गते लगिएको थियो । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी पक्राउपछि निलम्बनमा छन् ।


१० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका सात जनालाई सजाय माफीका लागि आग्रह गरिएको भए पनि चारजनाको मात्रै माफी मिनाहा भएको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भएन ।


Author

थप समाचार
x