डीआईजी अशोक सिंहले दिए राजीनामा
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।
आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहेका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा देखिनेछन् ।
याे पनि
उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै डिआईजी अशोक सिंहविरुद्ध अख्तियारमा उजुरी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया