कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
फाइल तस्बिर
काठमाडौं - राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठकले भावी राष्ट्रपतिको उम्मेदवारबारे कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाटपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकवाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।
तर, नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया