अलांकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिका रूपमा प्रयोग गर्न खोजियाे : अध्यक्ष केसी
काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताएका छन् ।
शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पद अलांकारिक भए पनि कार्यकारी राष्ट्रपतिका रूपमा प्रयोग गर्न खोजिएको बताएका हुन् । उनले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको बताए ।
दलहरूले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेसँगै शक्ति राष्ट्रहरूको पनि दौडधूप बढेको उनकाे जिकिर छ । शक्ति राष्ट्रहरूको बढ्दो आवत–जावत्ले राजनीतिक पार्टीहरूको स्तर पनि गुमाएको उनले बताए ।
उनले नेपाली कांग्रेससहितको पुरानो पाँच दलीय गठबन्धन बन्न लागेको बताए । उनले नयाँ सरकार बने पनि राष्ट्रिय जनमोर्चाको नीति सरकारमा जाने नरहेको स्पष्ट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया