राजनीति

प्रधानमन्त्रीले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिए : उपाध्यक्ष पाैडेल

इकागज |
फागुन १५, २०७९ सोमबार १३:८ बजे

फाइल तस्बिर

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा बसेकाे सचिवालयकाे बैठकका निर्णयबारे सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाए ।


उनले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाए । उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर परेको दाबी गरे ।


Author

थप समाचार
x