राजनीति

प्रतिनिधि सभा बैठकको तयारी : बुधबार मात्रै ६०९ जनाको स्वाव संकलन

इकागज |
बैशाख २२, २०७८ बुधवार १७:२२ बजे

काठमाडौँ : बैशाख २७ गते बोलाइएको  प्रतिनिधि सभा बैठकको तयारी स्वरुप संसद् भवनमा स्वाव संकलन गरिएको छ । बुधबार सभामुख अग्निप्रसाद सापकोटा, सांसदहरू, संसद्का कर्मचारी, संसदीय मामिला हेर्ने संचारकर्मी, आइसीसीका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायततको स्वाव संकलन गरिएको हो ।

स्वाव संकलन बिहीबार पनि हुनेछ । स्वाव संकलन बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । बुधबार सभामुखसहित १२८ जना सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत गरी ४८१ जना र जम्मा ६०९ जनाको स्वाव संकलन गरिएको हो ।



Author

थप समाचार
x