राजनीति

राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन गरिने

इकागज |
फागुन १६, २०७९ मंगलबार १६:३७ बजे

काठमाडौं– राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन हुने तयारी गरिएको छ । राष्ट्रपतिको चुनाव नजिक आइसकेकाले यस्तो तयारी गरिएको हो । 

सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने जानकारी दिइन् ।


यसअघि सरकारलाई समर्थन गरेका केही दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानूनी व्यवस्था अनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताएकी हुन् ।
 


Author

थप समाचार
x