राजनीति

जेठ १७ मा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन

इकागज |
बैशाख २२, २०७८ बुधबार १८:३७ बजे

काठमाडौं : लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा रिक्त पद पूर्तिका लागि जेठ १७ मा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुने भएको छ । बैशाख १९ को मन्त्रिपरिषद्‍को निर्णयानुसार जेठ १७ गते सोमबार उपनिर्वाचनको मिति घोषणा भएको हो । 

माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि यो पद रिक्त छ । उपनिर्वाचन सम्पन्‍न गर्नका लागि निर्वाचन आयोगबाट बुधबार निर्वाचन कार्यतालिका स्वीकृत भएको छ ।

जेठ १७ गते हुने मतदानका लागि विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यसैगरी, लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगबाट निर्णय भएको छ । 



Author

थप समाचार
x