एमाले बागमती प्रदेश सभाको मुख्य सचेतकमा निरौला
हेटौंडा : नेकपा एमाले बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री बनेपछि रिक्त रहेको मुख्य सचेतकको पदमा निरौलालाई मनोनयन गरिएको हो ।
एमाले बागमती प्रदेश दलका नेता मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको बिधान २०७७ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज बागमती प्रदेश सभा सचिवालयलाई जानकारी गराइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया