राजनीति

संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त : नवनिर्वाचित राष्ट्रपति पौडेल

इकागज |
फागुन २६, २०७९ शुक्रबार ८:७ बजे

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको पालान र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् । 

राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँवासी, मतदातादेखि प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने जनाएका छन् ।


‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भूमिकाले संविधान र शासनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा विधिको पालानमा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वधिनताको रक्षा, संविधानको पालान र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ पौडलले निर्वाचित भएपछि जारी गरेको वक्तब्यमा भनेका छन्, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिकोको आकांक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तप्पर रहनेछु ।'

पौडेलले मित्रवत्र प्रतिस्पर्धामा रहेका पुर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल एमाले, मतदातालाई हार्दिक सम्मान गर्दै प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएको भन्दै  तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गरेका छन् ।


Author

थप समाचार
x