राजनीति

कमिसन नमिलेर खोप खरिद रोकिनु खेदजनक छ, छानबिन हुनुपर्छ : कांग्रेस

इकागज |
बैशाख २३, २०७८ बिहीबार १७:५६ बजे

काठमाडौं : कमिसन नमिलेर कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया रोकिनु खेदजनक भएको नेपाली कांग्रेसले टिप्पणी गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले कमिसनको चक्करमा खोपको आपूर्ति रोक्ने विषयमाथि छानबिन हुनुपर्ने बताएका छन् ।

'जनताको जीवन रक्षा सरकारको प्रमुख जिम्मेवारी हो,' उनले इकागजसँग भने, 'तर, जीवन रक्षाको सवालमा सरकारले लापर्बाही गर्‍यो ।' पहिलो चरणको कोभिड-१९ महामारीमा पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको सरकारले दोस्रो चरणको महामारीमा समेत खोप खरिदमा कमिसनको चक्करमा लाग्‍नु गलत भएको खाणको भनाइ छ ।

उनले भने, 'संक्रमितको संख्या बढिरहेको समयमा सरकारले संवेदनशीलता देखाउन सकेन । कमिसन नमिलेकै आधारमा खोप नआएको विषयमा तत्काल छानबिन गर्नुपर्छ ।'



Author

थप समाचार
x