राजनीति

१८ क्याम्पसमा अखिल (क्रान्तिकारी)का उम्मेदवार निर्विरोध निर्वाचित, यी हुन् स्ववियु सभापति (सूचीसहित)

इकागज |
फागुन २८, २०७९ आइतबार ८:२० बजे

काठमाडौँ- आसन्न स्वत्रन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिबार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

उनले सार्वजनिक गरेको सूचीअनुसार उल्लेखित कलेजमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध विजयी भएका हुन् ।


अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध भएका क्याम्पसहरू

- चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ 
- कंकलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ
- सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी 
- सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी
- चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की 
- बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट
- फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने 
-  लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही
- जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पसमा जागेश्वर थापा
- गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ 
- चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल
- मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल
- सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने
- शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी
- गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे
- स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा
- सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य  
- नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता तिमल्सिना


Author

थप समाचार
x