राजनीति

नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दै राष्ट्रपतिले भने - राष्ट्रले खुसियाली मनाएको छ

इकागज |
चैत ३, २०७९ शुक्रबार १६:३५ बजे

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन् । 

शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए । सबै कुराको पूर्वाधारको कमी हुँदा पनि सफलता प्राप्त हुनु ठूलो कुरा भएको उनले बताए । 


राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको शान राख्नका लागि खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीहरुलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे । नेपालको जीतले सबै नेपाली गौरवान्वित रहेको र राष्ट्रले खुसियाली मनाएको उनको भनाइ छ । उनले विश्व मञ्चमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो । शुक्रबार नै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका थिए । 


Author

थप समाचार
x