डाेटीमा मतपेटिका तोडफोड, मतदानकाे माग गर्दै नेविसंघले गर्याे प्रशासन घेराउ
धनगढी- नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ । विवाद हुँदा क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिइएको हो ।
स्ववियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जी मत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले मतपेटिका तोडफोड गरेका थिए ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थी संगठनले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले जानकारी दिए । नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया