भक्तपुर बहुमुखी क्याम्पसमा दुई हजार २२ मत खस्यो
फाइल फोटो
भक्तपुर - स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा दुई हजार २२ मत खसेको छ । कुल चार हजार एक मतदाता भएको कलेजमा (५०.५३०) मत खसेको जनाइएको छ । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो । मतगणना आज साँझबाटै गर्ने तयारी भइरहेको छ ।
क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले क्याम्पसमा विद्यार्थीहरूले उत्साहप्रद र साकारात्मकरुपमा सन्तुलित व्यवहार गरेर प्रयोग गरेको बताए । विद्यार्थीको चाहना र अवाश्यकतालाई स्ववियुले प्रतिनिधित्व गरी विद्यार्थीहरूको हकहितका लागि कलेज प्रशासनलाई निर्वाचित स्ववियु पदाधिकारीले घचघच्याउने भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
भक्तपुर बहुमुखी क्याम्पसमा तीन वटा ठूला दल निकटको नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) संयुक्तले सयुक्त रुपमा प्यानलसहित उम्मेदवारी दिएका थिए ।
यसबाहेक यहाँं नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिनेश खड्गीको अध्यक्षतामा एकल प्यानलसहित उम्मेदवारी दिएको छ । यसबाहेक राष्टिय प्रजातन्त्रिक विद्यार्थी संगठन र भक्तपुर बहुमुखी क्याम्पस स्पोटर्स ग्रुपले स्वतन्त्र रुपमा एकल उम्मेदवारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया