स्ववियु निर्वाचन : जनकपुरमा ९ जना फर्जी मतदाता पक्राउ
जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा फर्जी कार्ड बोकेर मतदान गर्न खोजेका ९ जना पक्राउ परेका छन् ।
निर्वाचनमा खटेको प्रहरीले फर्जी ९ विद्यार्थीलाई पक्राउ गरेको थियो । फर्जी आईडी कार्ड बोकेर मतदान गर्न क्याम्पस परिसर छिर्न खोज्दा सुरक्षामा खटिएका व्यक्तिले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई प्रहरीले निर्वाचन अधिकृत कहाँ जिम्मा लगाएपछि संगठनहरुको सहमतिमा उनीहरुलाई निर्वाचन अधिकृतले छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेकाहरु नेपाल विद्यार्थी संघका विद्यार्थी रहेको आरोप लागेको छ । नेविसंघका विद्यार्थीहरुले धांधली गर्न खोजेको भन्दै पाँच दलीय गठबन्धनका विद्यार्थीहरु प्रदर्शन समेत गरेका थिए । पक्राउ परेकाहरुमाथि कडा कारबाही र चुनाव निष्पक्ष गराउन उनीहरुले प्रदर्शन गर्दै माग गरेका थिए ।
जसपा, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यो क्याम्पसको स्ववियु निर्वाचनमा तालमेल गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया