प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ‘ह्वीप’
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नेपाली कांग्रेसको ‘ह्वीप’ जारी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले ह्वीप लगाएको हो ।
भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव राख्ने कार्यसूची रहेको हो । ‘बैठकमा नेपाली कांग्रेसका माननीय सदस्य ज्यूहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले व्हिप जारी गर्नु भएको छ।’ विज्ञप्तिमा भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया