लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार बन्छ : प्रदेश सभापति पुन
काठमाडौँ- नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वको सरकार बन्ने बताएका छन् ।
रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पुनले एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरूले आइतबार नै समर्थन फिर्ता लिएकाले कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका हुन् ।
सभापति पुनले आइतबार माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएको भन्दै २/३ दिनभित्र कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले मुख्यमन्त्री लिला गिरीले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोलिदिनेमा आफू विश्वस्त रहेको बताए ।
पुनले ५४ जना सांसदहरूले नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई समर्थन गरेको बताए । ८७ जना प्रदेश सांसदहरू रहेको लुम्बिनी प्रदेशमा कांग्रेसका २७ सांसद छन् । सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया