५३ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा मुख्यमन्त्रीका लागि डिल्ली चौधरीकाे दाबी पेस
बुटवल- लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।
लुम्बिनी प्रदेशमा जम्मा ८७ सिट रहेको छ। ४४ सिट भएमा बहुमत पुग्छ । यस आधारमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने छन् । प्रदेश प्रमुख शेरचनले संविधानअनुसार अधि बढ्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया