तीन मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको अडान कायमै
काठमाडौं– नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ ।
बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालयको अडानका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको र प्रधानमन्त्रीको जवाफ पर्खिएको बताए । उनले प्रधानमन्त्रीको जवाफ आउने बितिकै पार्टीका तर्फबाट नाम पठाउने जानकारी दिए। उनले तीन मन्त्रालय नदिएसम्म सरकारमा सहभागी हुनेको नाम नखुलाउने र सरकारमा पनि नजाने स्पष्ट पारे ।
खतिवडाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख निर्वाचनमा पार्टीले धेरै त्याग गरेको र आफूहरुलाई पनि सरकारमा सम्मानजनक हैसियतमा सहभागी गराउनुपर्ने धारणा राखे ।
बैठकले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा जाने निर्णय भने गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया