काेशी नामकरणविरुद्व भइरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन
काठमाडौँ- पहिचानवादीको आन्दोलन चर्किंदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामकरण परिवर्तन हुनु पर्ने जनाएकाे छ ।
अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामकरणलाई समर्थन गरिने छ ।
प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दाेलनकाे मागलाई यथोचित रूपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको पनि साे परिपत्रमा उल्लेख छ ।
गत चैत १ गते प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्याउन भएको आन्दोलनको समर्थनसमेत गरेको जनाइएको छ ।
काेशी नामकरण गरेपछि पछिल्ला दिनमा बिराटनगरलगायतमा दिनहुँ आन्दाेलन भइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया