मन्त्रिपरिषद् बैठक
मिटरब्याजी समस्याका विषयमा छानबिन गर्न समिति गठन
काठमाडौँ- सरकारले मिटरब्याजी समस्याका विषयमा छानबिनका लागि समिति गठन गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्याका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन् ।
समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस र मूर्त रूपमा मिटरब्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको प्रवक्ता शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले बताइन् ।
त्यस्तै बैठकले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया