राजनीति

'सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्छु'

इकागज |
चैत २०, २०७९ सोमबार १९:१० बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा श्रेष्ठले सीमा क्षेत्रमा देखिएको अवैध गतिविधि रोक्नका सरकार निर्मम ढंगले अघि बढ्ने र कुनै दबाबबिना काम गर्न निर्देशन दिए । अवैध गतिविधि रोक्न सबैले आफ्नो ठाउँबाट योगदान गर्न जरुरी रहेको र गृह मन्त्रालयको सबै संयन्त्रलाई परिचालन गरिने उनले बताए ।


त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले कर छलि हुन थालेको र राजस्वको दायरा घट्दै गएको पाइएकाले यसमा मन्त्रालय गम्भीर भएर अघि बढ्ने बताए । उनले कर आतंक गर्ने योजना नरहेको भन्दै कर छलि गरेको पाइए कुनै कम्परमाइज नगर्ने स्पष्ट पारे ।

बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक लगायत सहभागी थिए । 


Author

थप समाचार
x