राजनीति

लुम्बिनीमा विशेष अधिवेशन माग गर्दै विपक्षीद्वारा समावेदन दर्ता

इकागज |
बैशाख २६, २०७८ आइतबार १५:३९ बजे

बुटवल : लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी विशेष अधिवेशनका लागि समावेदन दर्ता गराएका हुन् । उनीहरुले गत बैशाख ६ गते दर्ता भई छलफल नभएको तथा पुनः दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।


उनीहरुले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव आज पुनः संसद सचिवालयमा मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको पूर्व प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।


 


Author

थप समाचार
x