राजनीति

नागरिकता विधेयकमा सहमतिको प्रयास जारी छ : मन्त्री शर्मा

इकागज |
चैत २४, २०७९ शुक्रबार १८:१ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरूका बीचमा सहमतिको प्रयास भइरहेको बताएकी हुन् । उनले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परे पनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताइन् ।


विगतका समस्या नदोहोर्‍याउन सहमतिका लागि प्रयास गरिएको उनको भनाइ छ ।

उनले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सरकारले आफ्ना सबै निकायहरूलाई सक्रिय पार्ने पनि बताइन् ।


Author

थप समाचार
x